पृष्ठभूमि

साल्पा–सिलिचुङ/सिलिछो किरातीहरुको पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल हो । मुन्दुम अनुसार साल्पा–सिलिचुङ नै सृष्टि र मुन्दुमको उत्पति केन्द्र भएको जनविश्वास रहेको छ । सुम्निमा र पारुहाङको सर्वप्रथम यही साल्पा–सिलिचुङमा नै भेट भएको थियो भन्ने मुन्दुममा पाइन्छ । त्यस्तै मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा, सालाप्पा÷साल्पाहाङ–रिब्रिहाङमा÷रिब्रिमा (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङ नै आदिम–थलो तथा बासस्थान रहेको मुन्दुमी मान्यता रहेको छ । किरातीहरुको सांस्कृतिक नायक नछुङ, माङ्पा, नागिरे, कुबी, माबी, दोवा, पासिङ, वाटाङ्पा समग्रमा धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति आर्जन गर्न, मुन्दुमी यात्रा ९ःगलमगmष् च्ष्तगब िव्यगचलभथ० को लागि साल्पा सिलिचुङ÷सिलिछो जाने गर्दछन् । यस अर्थमा साल्पा सिलिचुङ किरातीहरुको निम्ति हिन्दुको मानसरोवर र कैलाश पर्वत, मुस्लिमको मक्का मदिना, बुद्धिष्टको लुम्बिनी भनेजस्तै र त्यतिकै महङ्खवपूर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल (किरात सांस्कृतिक सम्पदा) हो । तसर्थ किरातीहरुको पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचुङलाई विश्वभरका किरातीहरुले यथाशिघ्र संरक्षण, प्रवद्र्धन गर्न अत्यावश्यक देखिएको छ अन्यथा मुन्दुमको प्राण साल्पा–सिलिचुङको अस्तित्व सङ्कटमा पर्नेे अवस्था सिर्जना भएको छ । विश्वभरका किरातीहरुको मुन्दुमी आस्था जोडिएको यस पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचुङलाई संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी पनि विश्वभरिकै किरातीहरुको भएकाले विश्वभरकै किरातीहरु, किरातजन्य संघसंस्थाहरुसँग सहकार्य गरी साल्पा–सिलिचुङलाई संरक्षण प्रवद्र्धन गर्न, सुम्निमा–पारुहाङको प्रतिमा, तीनचुला सहितको पूजाथान तथा विभिन्न मिथकीय पात्रहरुको प्रतिमा निर्माण गर्ने उद्देश्यले (साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र) अन्तर्राष्ट्रिय समिति स्थापना गरिएको हो । अतः यस पवित्र तथा ऐतिहासिक अभियानलाई सफल बनाउन विश्वभरका किरातीहरु तथा किरातजन्य संघसंस्थाहरुलाई आप्mनै कर्तव्यबोध गर्दै स्वस्पूmर्त रुपमा आर्थिक, नैतिक, भौतिक सहयोगका लागि साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति हार्दिक अपिल गर्दछौ“ ।