साल्पा सिलिचुङ सरोकार, संरक्षण प्रवर्द्धन केन्द्र संस्थागत प्रस्तावना नीति तथा कार्ययोजना
साल्पा सिलिचुङ सांस्कृतिक धार्मिक र आध्यात्मिक विशेषता बोकेको जैविक विविधताले अत्यन्तै धनी प्राचीन टेथिस सागर लुप्त हुनेक्रममा हिमालय पर्वत श्रृंखला निर्माण हुने क्रमसँगै उत्पत्ति भएको प्राचीन पोखरी साल्पा पोखरी जसको वरिपरि विश्वका दुर्लभ वनस्पतिहरू जडिबुटीहरु बिभिन्न प्रजातिका रूखहरू लगायत सोही पोखरीबाट मूल भई निस्किएको सोलू तर्फ बग्ने खोला , भोजपुर तर्फ बग्ने खोला र खोटाङ, संखुवासभा तर्फ बग्ने ठुला खोलाहरूको शिर साल्पापोखरी क्षेत्र दिनप्रतिदिन संकट उन्मुख छ। विकासको नाममा निर्माण गरिने भौतिक संरचना , रोड निर्माण, वन जंगल फडानी, डढेलो, जथाभाबी जडिबुटी संकलन पोखरी आसपास मानिसको भीड संगै बढ्दो फोहोरमैलाले पोखरीको अस्तित्व पोखरी आसपासको जैविक विविधता समाप्त हुने क्रममा रहेकोले सो क्षेत्रको धार्मिक सांस्कृतिक ऐतिहासिक विशेषता संरक्षण गर्दै प्रकृति सँग मिल्दोजुल्दो भौतिक निर्माण गर्ने तथा संरक्षण गर्ने अनि पर्यटकीय गन्तब्यको रुपमा विकास गर्दै सो क्षेत्रका जनतालाई समृद्ध बनाउने उद्देश्य सहित यो संस्था स्थापना गरिएको हो ।
उद्देश्य:
१.साल्पा सिलिचुङ क्षेत्रको प्राग ऐतिहासिक विशेषता अनुसार त्यहाँको सांस्कृतिक धार्मिक र आध्यात्मिक विशेषता समेत झल्कने गरी प्रकृतिक स्वरुप नबिग्रिने गरी भौतिक पूर्वाधार निर्माण सास्कृतिक धार्मिक प्रतीकहरुको निर्माण गर्दै यस क्षेत्रको आफ्नो विशेषता कायम हुनेगरी कार्य गर्ने।
२. मुन्दुम ट्रेल -साल्पा सिलिचुङ क्षेत्र र सो क्षेत्र हुँदै हिमाल तर्फका भूभागहरु जैविक विविधतामा अत्यन्तै धनी भएको हुँदा सो क्षेत्रको जैविक विविधता संरक्षण गर्दै जडिबुटी वन पैदावार हरूको उचित पहिचान गरी स्थानीय समुदायलाई प्रचुर लाभ लिन सहयोग गर्ने/
३. साल्पा सिलिचुङ क्षेत्र मुन्दुम ट्रेलको उच्चतम बिन्दु र सबैभन्दा महत्वपूर्ण केन्द्र पनि भएको हुँदा सो क्षेत्रकाे प्रचारप्रसार प्रवर्द्धन गर्दै पर्यटन विकास गर्ने।
४. नेपालको १०० पर्यटकिय गन्तव्य मध्ये एक साल्पा सिलिचुङ/सिलिछो क्षेत्र मुन्दुम ट्रेलको उच्चतम विन्दु र सबैभन्दा महत्त्वपूर्ण केन्द्र पनि भएको हुदा सो क्षेत्रको प्रचारप्रसार प्रवर्द्धन गर्दै पर्यटन विकास गर्ने ।
५. किरात समुदायको आदिम उत्पत्ति थलो मुन्धुम उत्पत्ति भएको स्थानको रुपमा साल्पा सिलिचुङ/सिलिछो क्षेत्र धार्मिक आध्यात्मिक तीर्थस्थलको रुपमा हालसम्म पुजिआएको र अन्य धार्मिक आध्यात्मिक विश्वास राख्ने समुदायले समेत मानि आएको हुँदा यस क्षेत्रलाई धार्मिक सांस्कृतिक र आध्यात्मिक केन्द्रको रुपमा विकास गर्दै लैजाने।
६. साल्पा सिलिचुङ क्षेत्रको बिकास, विस्तारको जुनसुकै बिषयमा सरोकार राख्ने र त्यसको मौलिकता ऐतिहासिकता विपरीत कुनै पनि कार्य वा गतिविधि भए स्थानिय समुदायलाई सजग बनाउने।
७. सप्तकोशी देखि सगरमाथा सम्म मुन्दुम ट्रेल बिकास र विस्तार गर्न आवश्यक पहल गर्ने।
८.साल्पा सिलिचुङ क्षेत्रमा बिकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार र प्रवर्द्धन गर्ने, सो क्षेत्रको धार्मिक सांस्कृतिक आध्यात्मिक तथा जैविक विविधताको अध्ययन तथा अनुसन्धान गर्ने, प्रचार सामग्री पुस्तक प्रकाशन गर्ने ।
पृष्ठभूमि
वर्तमानमा चलिरहेको अभियानको जग सुचारु हुनमा विगत ६ बर्ष अगाडि अग्रज ज्युहरुको योगदानलाई हामीले भुल्न हुन्न जस अन्तरगत साल्पा सिलिचुङ/सिलिछो मुन्दुम र किरातहरुको प्राग इतिहास बृहत सास्कृतिक अध्यन भै २०७५ चैत १ गते सुम्निमा हल कोटेश्वर काठमाडौमा विषय प्रस्तोता ‘किरात राई प्रज्ञा परिषद’ , कार्यक्रम संयोजक ‘मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र’ प्रायोजक ‘किरात राई यायोक्खा केन्द्रिय कार्यलय ‘ ले गरेको हो भने आयोजक ‘साल्पासिलिछो गाउँपालिका ‘ रहेको थियो । यो पहिलाे अन्तरकृया कार्यक्रम राखिएको हो , किरात राई प्रज्ञा परिषदको कुलपति जय कुमार राइ ज्युको संयोजकत्वमा सदस्य भोगीराज चाम्लिङ, डा तारामणि राई ज्युको टीमले बृहत अध्ययन गरि भोगी चाम्लिङ ज्युले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै यो कार्यक्रम गाउँपालिका अध्यक्ष महेश राई ज्यु प्रमूख प्रशासकीय अधिकृत किरण निधि तिवारी ज्युको उपस्थिति सङ्गै किराया अध्क्षय दिवश राई ज्युको प्रमुख आतिथ्यमा यो कार्यक्रम सम्पन्न भै बृहत गुरुयोजनामा गाउँपालिकाको DPR तयार भै लागू गरिएको हो जस अन्तरगत सास्कृतिक पाटोलाई सम्बोधन गर्दै साल्पासिलिछो गाउँपालिका अध्यक्ष ( दौलत कुलुङ ) ज्यु र साल्पा सिलिचुङ सरोकार ,संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष ( बीरबहादुर राई) बीच २०८० जेठ २८ गते नेपालको प्रचलित कानुनमा रहि सम्झौता भै वर्तमानमा सुचारु भैरहेको अवस्था छ ।
कुनैपनी इतिहास निर्माण हुनका लागि धेरै वटा कालखण्ड पार गर्नैपर्ने हुदोरहेछ । यो अभियानको प्रमुख योजनाकार मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राई ज्यु प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछु । त्यसैगरी यो अभियानमा आबद्द भै विभिन्न पदिय जिम्मेवारीमा आ-आफ्नो भुमिका निभाइ रहनु भयका सम्पुर्णमा हार्दिक नमन ब्याक्त गर्दछु त्यसैगरी अग्रज सल्लाहकार ज्युहरु ,बिशिस्ट सहयोग दाता ज्युहरु साथै समग्र सहयोग दाता ज्युहरुमा उच्च सम्मान ब्याक्त गर्दछु । त्यसैगरी सास्कृतिक रूपमा आ-आफ्नो रचना गित संगितको माध्यमबाट जोडिनु भयका कलाकार ज्युहरु पत्रकार ज्युहरुमा पनि उच्च सम्मान ब्याक्त गर्न चाहन्छु । यो हाम्रो इतिहास निर्माण गर्ने महा अभियान हो हामी सबैको दायित्व सम्झी निरन्तर आर्थिक ,भौतिक ,नैतिक सहयोगको अपेक्षा गर्दछौ ।
वीरबहादुर राई
अध्यक्ष
साल्पा सिलिचुङ सरोकार ,संरक्षण प्रवर्द्धन केन्द्र
