गीत

केटि : तिमी सङ्गै तरौला खुवालुङ
ए हेत्छाकुप्पा
केटा : तिमी सङ्गै चढौला शिलिचुङ
ए सिक्रीमा
केटा : हातेमालो गर्दै हिडौ अप्ठ्यारो छ जीवन यात्रा
केटि : मन पर्‍यो तिम्रो कुरा राजी छु है म त
केटा : तिमी संगै नाचौला साकेला
ए सिक्रीमा
केटि : तिमी संगै हाक्पारे गाउला
ए हेत्छाकुप्पा
केटि : वावु भरी आराखा सङ्गै पठाउनु कलिया
केटा : सुङखिम तयार बनाइ राख्नु , बनी आउछु बेहुला
केटि : तिमी सङ्गै बिताउला यो जुनि
ए हेत्छाकुप्पा
केटा : तिमी सङ्गै रमाउला म पनि
ए सिक्रीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *