सुम्निमा-पारुहाङ

यस स्केच तथा प्रतिमामा सुम्निमा पारुहाङलाई मुन्दुमले वर्णन गरे अनुसारको चित्रण गरेर सृष्टीकालीन समय तथा आदिम युगको प्राकृतिक स्वरुपमा प्रस्तुत गरिएको छ ।
मुन्दुममा वर्णित सुम्निमाः यस तस्बिरमा मुन्दुमले वर्णन गरेभै“m सृष्टीकर्ता सुम्निमालाई हेन्खामा (धर्ती) को रुपमा देखाउनका लागि सुम्निमाको आधा शरीरलाई हेन्खामा (धर्ती) र आधा शरीर मानवरुपी पुर्खाको रुपमा देखाइएको छ । सुम्निमाको शिरमा मुन्दुमी पूmल पहे“लो आम्लाबुङ (सुनाखरी) पूmल (सायाबुङ) रहेको छ । सुम्निमाको गलामा आदिम युगको किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचीन किराती गहना (माला) वाछुइनारी (पुलिक माला) लाई पहि¥याइएको छ । सुम्निमाको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा बेच्छुक (अदुवा) रहेको छ । सुम्निमाको कम्मरमुनिको शरीरको भाग मुन्दुमी वनस्पती काहुलोको पातले ढाकिएको छ । सुम्निमाको कम्मरदेखि मुनि आधा शरीर हेन्खामा (धर्ती) मा चोमोलुङमा, साल्पा पोखरी र सिलिचुङ देखाइएको छ । त्यस्तै साल्पा सिलिचुङ क्षेत्रका विभिन्न हिमाल–पहाड, खोला–नाला, वन–जङ्गल र प्राकृतिक रुपमा पाइने विभिन्न मुन्दुमी वनस्पती र साल्पा सिलिचुङ क्षेत्रमा प्राकृतिक रुपमा पाइने मुन्दुमी पूmल फुलिरहेको र समग्रमा सुम्निमालाई मुन्दुममा वर्णित हेन्खामा (धर्ती) को रुपमा र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाइएको छ ।
मुन्दुममा वर्णित पारुहाङः यस तस्बिरमा मुन्दुमले वर्णन गरेभै“m सृष्टिकर्ता पारुहाङलाई निनाम्मा (आकाश) को रुपमा देखाउनका लागि पारुहाङको आधा शरीरलाई निनाम्मा आकाशको रुपमा देखाइएको छ । पारुहाङको शिरमा मयुरको प्वाँख, सेतो आम्लाबुङ (सुनापाती) को पातको दोलोकोम्मा (मुन्दुमी मुकुट) पहि¥याइएको छ । पारुहाङको गलामा आदिम युगमा किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचिन किराती गहना (माला) वाछुइनारी (पुलिक माला) लाई पहि¥याइएको छ । पारुहाङको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा घुङरिङ (सिखिवा) रहेको छ । पारुहाङको कम्मरदेखि मुनिको शरीरको भाग मुन्दुमी वनस्पती कट्टुसको पातले ढाकिएको छ । पारुहाङको कम्मरमुनिको शरीरको भागलाई निनाम्मा (आकाशको तहहरु) लाई पारु बसेको स्थानको रुपमा देखाइएको छ । समग्रमा पारुहाङलाई मुन्दुममा वर्णित निनाम्मा (आकाश) र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाइएको छ ।