सहयाेगबारे

प्रतिमा निर्माणका लागि आर्थिक सहयोगदाताहरुलाई निम्नानुसार सम्मान गरिनेछ ।
१. मुन्दुमी पात्रको प्रतिमा प्रायोजन गर्ने प्रायोजक तथा परिवारको नाम फोटोसहित सौजन्य–शिलालेखमा राखिनेछ साथै ताम्रपत्रले सम्मान गरिनेछ ।
२. दश लाखदेखि माथिका दाताहरुको फोटो विवरणसहित शिलालेखमा राखी उद्घाटन कार्यक्रममा ताम्रपत्रले विशेष सम्मान गरिनेछ ।
३. पाँच लाखदेखि माथिका दाताहरुको नाम (तीन जनाको) शिलालेखमा राखी, ताम्रपत्रले सम्मान गरिनेछ ।
४. दुईदेखि पाँच लाखसम्मका दाताहरुलाई शिलालेखमा नाम (दुई जनाको) राखी ताम्रपत्रसहित विशेष सम्मान गरिनेछ ।
५. एक लाखदेखि माथिका दाताहरुलाई शिलालेखमा नाम राखी ताम्रपत्रले सम्मान गरिनेछ ।
६. पचास हजारमाथिको सहयोगदाताहरुलाई शिलालेखमा नाम, मायाको चिनोसहित सम्मानपत्रले सम्मान गरिनेछ ।
७. पन्ध्र हजारदेखि माथिको सहयोगदाताहरुको नाम शिलालेखमा राखी सम्मानपत्रले सम्मान गरिनेछ ।
८. दुई हजारदेखि माथिका सहयोगदाताहरुको नामावली स्मारिकामा प्रकाशन गरिनेछ ।
९. श्रमदान गर्ने श्रमदाताहरुको विशेष सम्मानसहित स्मारिकामा नामावली राखिने छ ।
१०. दश दिनभन्दा बढी श्रमदान गर्ने श्रमदाताहरुलाई कार्यक्रममा विशेष सम्मान गरी शिलालेखमा नाम राखिनेछ ।
११. सम्पूर्ण सहयोगदाताहरुको विवरण संस्थाको वेभसाइटमा राखिनेछ ।